अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ


बारा – प्रसौनी गाउँपालिका–२ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करीब ९ किलो २४१ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्साको बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममतादेवी मुखिया छन् ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले रम्भा देवीलाई ३ किलो १४१ ग्राम, जोगिन्द्रलाई २ किलो ६४३ ग्राम र ममता देवीलाई ३ किलो ४५७ ग्राम गाँजासहित पक्राउ गरेको छ ।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।