बर्दिया – बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ३९० मिलिग्रामसहित बढैयाताल गाउँपालिका–८ बस्ने २४ वर्षीय हरि थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको हो ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया