सुनको गरगहना चोरी गर्ने ३ जना पक्राउ

सुनको गरगहना चोरी गर्ने ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाण्डुको डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–२९ घर भई हाल वसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई वसन्तपुर बस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिकलाई पक्राउ गरिएको छ ।

माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपीहरूको साथबाट सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औंठी १ वटा, गालेको सुन १ ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा बरामद गरेको छ ।

पक्राउ परेका आरोपीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।