अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ


काठमाण्डु – देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ परेको छ ।

इलामको माई नगरपालिका–७ ढेवा खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर ७० मिलिग्रामसहित ४५ वर्षीय टेक बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महमाईबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५४ ट्याब्लेटसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१ बस्ने ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाल रहेका छन् । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

कैलालीको जानकी गाउँपालिका–७ खल्ला गोलौरी बस्ने ६० वर्षीय रामशरण महतोलाई अवैध लागूऔषध गाँजा २ किलो ५०० ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको घरतलासी गर्ने क्रममा गाँजा फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।