यूके पठाइदिन्छु भनी ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

यूके पठाइदिन्छु भनी ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका–५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।