काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका–५ पन्थपडाबाट ब्राउनसुगर ३७० मिलिग्रामसहित आईतबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमद छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ६० मिलिग्रामसहित बढैयाताल गाउँपालिका–६ मैनापोखर बस्ने १५ वर्षीय किशोरलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया