काठमाण्डु – तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा बिल भुक्तानीको विषयमा लफडा भएको छ ।
वडा सचिवमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ । गाउँपालिकाको पत्रअनुसार वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेकोमा घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ । उनको थप उपचारका लागि भरतपुर लगिएको छ ।




प्रतिक्रिया