वडा सचिवलाई कुटेपछि पक्राउ परेका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

वडा सचिवलाई कुटेपछि पक्राउ परेका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिल भुक्तानीको विषयमा विवाद हुँदा वडा सचिवमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा गुरुङ सोमबार पक्राउ परेका हुन् ।

गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

वडा स्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै गुरुङले आफूमाथि कुटपिट गरेको भुसालले आरोप लगाएका छन् ।