अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–८ दोगडेबाट अवैध लागूऔषध ब्राउनसुगर ७०० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–८ बस्ने २९ वर्षीय श्याम पुकार साह र २२ वर्षीय संगम महतो रहेका छन् । प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २३ वर्षीय मनबहादुर बादीलाई अवैध लागूऔषध ब्राउनसुगर ५२० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १० ग्रामसहित पर्साको जगरनाथपुर गाउँपालिका–४ हरपुर बस्ने ३३ वर्षीय राज कपुर महत्तोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।