जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

ब्यास नगरपालिका–४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३६ हजार ३१० नेपाली रूपैयाँ, २ हजार २५० भारतीय रूपैयाँ र २१३ पत्ती ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।