काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ ।
सिराहाको गोलबजार नगरपालिका–६ कृष्ण मन्दिर बाटो नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ६६० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा २९ वर्षीय सुवर्ण मणी पाण्डे र ३७ वर्षीय काशी साह छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७६० मिलिग्रामसहित कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरा बस्ने २१ वर्षीय शिखर खड्कालाई शुक्रबार राति प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–९ तोरैया बस्ने २९ वर्षीय अक्ष्यकुमार थारूलाई अवैध लागूऔषध ब्राउनसुगर ८६० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणा र ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको कोहलपुर नगरपालिका–६ रझेना बस्ने २५ वर्षीय अरूण थारू, बाँसगढी नगरपालिका–१० बस्ने २९ वर्षीय रबिन न्यौपाने र राजापुर नगरपालिका–१० आनन्दनगर बस्ने ३० वर्षीय सुनिल परियार, बाँके बैजनाथ गाउँपालिका–५ बस्ने २६ वर्षीय जुबेर हलुवाई र ३२ वर्षीय तुल्सीराम कोरी छन् । प्रहरी टोलीले अरूणलाई ४ ग्राम ३४० मिलिग्राम, रबिन र सुनिललाई ४०० मिलिग्राम तथा भे१२प ८६८१ नम्बरको मोटरसाइकलमा सवार जुबेर र तुल्सीरामलाई २७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
कैलालीको बर्दगोरीया गाउँपालिका–१ बौनिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५०० मिलिग्रामसहित २० वर्षीय राजन बमलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ७ ग्राम ७७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला पारी प्रहरीले बरामद गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–११ खैराबाट अवैध लागूऔषध ब्राउनसुगर ३०० मिलिग्रामसहित बंगलाचुली गाउँपालिका–२ बस्ने ३० वर्षीय चेत बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नारायणपुर दाङबाट खटिएको प्रहरी टोलीले रा४प १२२० नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–१८ भैरवथान बस्ने २१ वर्षीय केशव थापा र २७ वर्षीय कमल थापालाई अवैध लागूऔषध ब्राउनसुगर ६९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केशवको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–१४ नयाँबसपार्क बस्ने २६ वर्षीय दिपेन्द्र रोकालाई अवैध लागूऔषध ब्राउनसुगर २५० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया