काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित दाङ र कैलालीबाट २ जनालाई पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २८० मिलिग्रामसहित रोल्पा माडी गाउँपालिका–३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका–६ बिशालनगरबाट अवैध लागूऔषध ब्राउनसुगर करीब २० मिलिग्रामसहित स्थानीय २२ वर्षीय विशाल विकलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थ सहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया