सालकको खपटासहित २ जना पक्राउ

सालकको खपटासहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले सालकको खपटासहित २ जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१६ माछापोखरीबाट ७७० ग्राम तौलको सालकको खपटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भई काठमाण्डुको तारकेश्वर नगरपालिका–७ संगम फाँट बस्ने ३० वर्षीय मोहन पुलामी मगर छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खपटासहित पक्राउ गरेको छ । बरामद खपटा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।