सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

दैलेखको गुराँस गाउँपालिका–७ घर भई काठमाण्डुको टोखा नगरपालिका–९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वराजले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाण्डु पठाइएको छ ।