सुन तस्करीको नयाँ शैली : विमानस्थलबाट समातिए ३ जना चिनियाँ नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु ३ किलो तीन सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले पक्राउ गरेको विमानस्थलका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

शंका लागि उनीहरुलाई नियन्त्रणमा लिई केएमसी अस्पताल लगेर एक्सरे गरी हेर्दा मलद्वारमा सुन राखेको भेटिएको उनले बताए ।

पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement