कैलाली – प्रहरीले कैलालीको धनगढीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट अवैध लागूऔषध ब्राउनसगुर ८ ग्राम ४६० मिलिग्रामसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने ४० वर्षीय मिन बहादुर बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया