रूपन्देही – ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–४ बुद्ध कोलोनी बस्ने ५२ वर्षीय कुश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया