पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–१ घर भएका ३५ वर्षीय हिक्मत कुमार थापा र काठमाण्डु महानगरपालिका–२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका–८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया छन् ।

पक्राउ परेकामध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले हिक्मतलाई टोखा नगरपालिका–५ बाट र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका–२ बाट पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।