काठमाण्डु – छुट्टाछुट्टै घटनामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा र इलामबाट २ जनालाई पक्राउ गरेको छ ।
झापाकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कन्काई नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ गरेको छ ।
यसैगरी, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–४ छयारछयारे बस्ने ३२ वर्षीय गोबिन्द बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । गोबिन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया