विदेश लैजान लागेको अमेरिकी डलरसहित आर्मेनियाका नागरिक पक्राउ

विदेश लैजान लागेको अमेरिकी डलरसहित आर्मेनियाका नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजारसहित आर्मेनियाका नागरिक ४० वर्षीय उशाकोभ आन्द्रीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरलाइन्सको उडानद्वारा काठमाण्डुबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट अमेरिकी डलर फेला पारी पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।