लागूऔषधसहित १ जना पक्राउ

लागूऔषधसहित १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लागूऔषधसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८० ट्याबलेटसहित सुनसरीको रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय अजित परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले झापाबाट काठमाण्डुतर्फ आउँदै गरेको प्र ०१–०१–००१ ख ४३७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।