क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने युवती पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने युवती पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–१६ बाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।