अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – अवैध लागूऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करीब ४ किलो ५०० ग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका–६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा४ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई गाँजासहित फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।