कुवेत पठाइदिन्छु भनी ४ लाख ठगी गर्ने १ जना पक्राउ

कुवेत पठाइदिन्छु भनी ४ लाख ठगी गर्ने १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–३२ बस्ने सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई प्रहरीले पक्राउ गरेको छ ।

अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–३२ बाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।