हत्या गरेको अभियोगमा १ जना पक्राउ

हत्या गरेको अभियोगमा १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ – फुङलिङ नगरपालिका–६ बस्ने २८ बर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको अभियोगमा ३२ वर्षीय अर्जुन गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फक्ताङलुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना आएका अर्जुन र उनकै श्रीमती सरिता लिम्बुबीच विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाइबुझाई दुबै जनालाई छिमेकी तेजेन्द्रको साथ लगाई उनीहरूकै घर पठाएकोमा घर फर्किने क्रममा बाटोमा तेजेन्द्रलाई अर्जुनले गए राति खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापश्चात फरार रहेका अर्जुनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले फुङलिङ नगरपालिका–९ स्थित भिरकुना जंगलबाट पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।