यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने २ जना पक्राउ

यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको दक्षिणकाली नगरपालिका–१ बस्ने रामेछापको मन्थली नगरपालिका–३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाण्डु महानगरपालिका–२६ गोंगबु बस्ने पाल्पाको माथागढी गाउँपालिका–४ घर भएका ३४ वर्षीय मोहन पोख्रेल छन् ।

पक्राउ परेकामध्ये प्रमिलाले यूके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ३२ लाख ३५ हजार रूपैयाँ र मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले प्रमिलालाई काठमाण्डुको नागार्जुन नगरपालिका–३ हलचोकबाट र दिनेशलाई काठमाण्डु महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।