सप्तरी – लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालिनी नगरपालिका–१३ बस्ने जय नारायण यादव भन्ने भोला यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सप्तरी राजविराजको फैसलाले १० महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरी राजविराजमा पेश गरिएको छ ।





प्रतिक्रिया