सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने धादिङको थाक्रे गाउँपालिका–५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् ।

फेसबूक पेज तथा टेलिग्राम ग्रूपमार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले संलग्न उनीहरूलाई काठमाण्डुको माइतीघरबाट पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ ।

उनीहरूउपर जिल्ला अदालत काठमाण्डुबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।