स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – प्रहरीले स्रोत नखुलेको रकमसहित धनुषाबाट २ जनालाई पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका–३ यदुकूहाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतको बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा छन् ।

इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरी टोलीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारी पक्राउ गरेको छ ।

बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।