जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ

जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु र चितवनबाट जुवातास खेल्दाखेल्दै २६ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१३ ताहाचल डेरा गरी बस्ने सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३०० रूपैयाँ र २४ बूक ताससहित पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–३१ भुपिशेरचन मार्ग बस्ने मोरङको बेलबारी नगरपालिका–९ घर भएकी ६३ वर्षीया सावित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८५ हजार ६२० रूपैयाँ र ६ बूक ताससहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँको देवघाट गाउँपालिका–४ देवघाट बस्ने ४२ वर्षीय मान बहादुर मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३८ हजार ९०० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने पदम बहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा ४३ वर्षीय बिनोद मल्ल समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५१ हजार ९९० रूपैयाँ र ४ बूक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।