काठमाण्डु – क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखाको पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रविन आचार्य पक्राउ परेका हुन् ।
रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया