जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – प्रहरीले जबरजस्तीकरणी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १६ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई पक्राउ गरेको हो ।

सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।