अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा करीब ९ किलोग्रामसहित बेलका नगरपालिका–३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश.१–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई गाँजासहित फेला पारी पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविरडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेटसहित स्थानीय २२ वर्षीय अब्राहम राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा लागूऔषध पशुपतिनगर बस्ने २६ वर्षीय युकेश राईसँग खरिद गरेको खुल्न आएपश्चात उनको घर तलासी गर्दा थप ट्रामाडोल ४० ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।