रोल्पा – ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका–२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
रोकाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया