काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
पाल्पाकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका–१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
सुर्खेतकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
खोटाङकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलासगढी गाउँपालिका–५ आमबोटे बस्ने ३७ वर्षीय सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया