अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही – प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करीब ६ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको छ ।

यसैगरी रूपन्देहीको गैडहवा गाउँपालिका–५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३७० ट्याब्लेटसहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु१७प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।