इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ

इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जबरजस्तीकरणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तुको वाणगंगा नगरपालिका–३ घर भएका दिपककुमार श्रेष्ठ पक्राउ परेका छन् ।

बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाण्डुबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

जबरजस्तीकरणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्चात एनसीबी काठमाण्डुको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनीविरूद्ध डिफ्युजन जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।