अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ नुमा मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ८१० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय २७ वर्षीय बसन्त लिम्बु, कुम्मायक गाउँपालिका–४ बस्ने २७ वर्षीय रबिन लिम्बु र मोरङ मिक्लाजुङ गाउँपालिका–१ बस्ने ३२ वर्षीय सुमन राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले बसन्तको घर तलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ रत्नचोक इन्द्र मार्ग बस्ने ५० वर्षीय रमेश थापालाई अवैध लागूऔषध गाँजा ४ किलो १०० ग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १६१ एम्पुल, डाईजेपाम १३५ एम्पुल, फेनारगन १६४ एम्पुल र डिजिटल तराजु १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।