कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर १५ लाख घुससहित समातिए

कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर १५ लाख घुससहित समातिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको छ । शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले इन्जिनियर त्रयलाई घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गरे। ‘तीनै जनालाई १५ लाख घुससहित नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘बाँकी अनुसन्धान हुँदैछ।’ पक्राउ परेका तीनै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।