काठमाण्डु – त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्।
बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका गोरखाका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् ।
कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
दुबईबाट अवैध रूपमा सुन आउँदैछ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो । पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।




प्रतिक्रिया