सडकमा पैसा फाल्दै भागेका दुई महिला पक्राउ

सडकमा पैसा फाल्दै भागेका दुई महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सडकमा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी पैसा फालेर भागेका दुईजना महिलालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

शुक्रबार जनकपुरधाम वडा नम्बर ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फाल्दै भागेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ की आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरेको हो।

पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ । जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । यता पक्राउ परेका महिलाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।