स्रोत नखुलेको ११ लाख ५० हजार सहित एकजना पक्राउ


पर्सा – वीरगंज महागरपालिका-१६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । सोही महानगरपालिका-१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा अवैध वित्तिय कारोवार(हुण्डी) भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement