सर्लाहीमा पेस्तोलसहित दुई जना पक्राउ


सर्लाही – बिष्णु गाउँपालिका-३ बिश्वनाथ टोलस्थित बाँसघारीबाट पेस्तोल २ थान, गोली ६ राउण्ड र म्यागजिन १ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेका छन् ।

सोही ठाउँस्थित बीआर ३० एम. ६७८७ नम्बरको मोटरसाइकल सहित अपरिचित व्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय सर्लाही जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त हतियार र मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement