बुबाको हत्या आराेपमा छाेरा पक्राउ

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आराेपमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।