मोबाइल लुटेको अभियोगमा दुई जना पक्राउ


काठमाडौं –मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले  २ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिस सुनार सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उनीहरुले सोही नगरपालिका-६ सेराफाँट बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकीछिपि बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लुटेको उक्त मोबाइल १ थान, नियन्त्रित लागूऔषध स्पास्मो १२ चक्की, प्रगस्थर १२ ट्याब्लेट, अवैध लागूऔषध चरेश करिब १० ग्राम, र नगद ३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement