मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ


पर्सा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउमा गत कात्तिक ६ गते सेलर मिलको भवनमा ने.क.पा. विन्दवासीनी गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा दुई पक्षवीच झडप हुँदा चौरसियाको हत्या भएको थियो । बाँस प्रहारबाट घाइते भएका ३४ वर्षीय मुकेशको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

उक्त घट्नाका मुख्य प्रतिवादी रहेका जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाही बस्ने सुरेश प्रसाद बरईका ३८ वर्षीय छोराको अखिलेश प्र. चौरसिया भन्ने अशेसर प्र. चौरसिया भागी फरार फरार थिए ।

हत्या गरेको एक महिनादेखि बीरगंज म.न.पा. वडा नं. २५ स्थित अलौ सिर्सियामा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौरसियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement