चित्तलको मासुसहित चार जना महिला पक्राउ

चित्तलको मासुसहित चार जना महिला पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको टोलीले अवैध चित्तलको मासुसहित चार जना महिलालाई नियन्त्रणमा लिएको छ ।

निकुञ्जमा तैनाथ शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट गएको पट्रोल टोलीले अवैध रुपमा घरमा चित्तलको मासु काटिरहेको अवस्थामा ४ केजी चित्तलको मासुसहित चार जना महिलालाई नियन्त्रणमा लिएर दोहोरो भरपाईका साथ निकुञ्ज प्रशासनलाई बुझाएको हो ।

पक्राउ पर्नेहरुमा वांसगढी नगरपालिका ९, थुमनी बस्ने बर्ष ३० की मोनकला भण्डारी, ५१ वर्षीया जुन चन्द ठकुरी, ३७ वर्षीया जैसरा वि.क. र ३३ वर्षीया सावित्रा वली रहेका छन् ।