काठमाण्डुबाट बुटवलको गाडी भाडा ६ हजार, गंगबुबाट ३ जना पक्राउ

काठमाण्डुबाट बुटवलको गाडी भाडा ६ हजार, गंगबुबाट ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

काठमाण्डु देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढि भाडा लिएको कसुरमा तिन जनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनले पोखरा जाने यात्रुसँग ३५ सय र बुटवल जाने यात्रुबाट जनही ६ हजारका दरले भाडा लिन क्रममा पक्राउ गरिएको बताएका छन् ।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरुबाट बढि भाडा असुलेको हो ।

पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा–३३ घर भइ काठमाण्डु बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९–मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ् थाक्रे–७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो बिषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोशाकमा बिशेष टोली परिचालन गरेको छ । टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढि भाडा लिन खोज्नेलाई निग्रानीमा राखि नियन्त्रण गर्ने गरेको छ ।

यात्रुसँग बढि भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई महाशाखाले हिजो पक्राउ गरेको थियो ।

पक्राउ परेका तिनै जनालाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।
बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।