अवैध लागूऔषध सहित तीन जना युवा पक्राउ


दाङ – तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँमा अवैध लागूऔषध सहित २ जना युवा पक्राउ परेका छन् ।

ब्राउनसुगर १४ ग्राम १० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–७ का २८ वर्षीय बहादुर राउत र बैजनाथ गाउँपालिका–१ का २४ वर्षीय सुजन शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको भे.२ प २७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले नवलपरासी(पश्चिम) को सुस्ता गाउँपालिका–५ रतनगञ्जस्थित भित्री सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ ।

नाईट्राभेट ६० ट्याब्लेट र ओनोरेक्स ४ बोतल सहित विनयीत्रिवेणी गाउँपालिका-६ रानीनगर बस्ने २६ वर्षीय निरज कुमार गौडलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement