बसिलाले हानेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

बसिलाले हानेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान – आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिलाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।